नियम २०
समितिको विघटन
(१) कुनै समितिको कामकारबाहीका सम्बन्धमा परिषद््ले अनुगमन गर्दा वा कुनै उपभोक्ताले लिखित रूपमा देहायको अवस्था विद्यमान रहेको भनी उजुरी गरेमा र त्यस्तो उजुरी मनासिब देखिएमा परिषद्ले समिति विघटन गर्न सक्नेछः–
(क) कार्ययोजना स्वीकृत नगराइ वा स्वीकृत कार्ययोजना विपरीत कुनै कार्य गरेको,
(ख) नियम १६ बमोजिमका काम, कर्तव्य र जिम्मेवारी पूरा नगरेमा वा गर्न नसकेको,
(ग) कुनै कार्यक्रम सञ्चालन र सम्पन्न गर्न प्राप्त रकम तथा नियम २१ बमोजिमको कोषको दुरूपयोग वा हिनामिना गरेको,
(घ) कुनै कारणले आपुलाई सुम्पिएको दायित्व पूरा गर्न नसकेको, (ङ) स्थानीय उपभोक्ताहरूको हित विपरीत कुनै काम गरेको वा
उपभोक्ताहरूको हित संरक्षण गर्न नसकेको ।
(२) परिषद्ले सम्बन्धित समितिलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न वा आफ्नो कामकारबाहीमा सुधार गर्न निर्देशन दिन वा असल नियतले काम गर्दा ऐन र यस नियमावली विपरीत कुनै कार्य भएमा वा कुनै त्रुटी भएमा निर्देशन दिई सच्याउन लगाउन सक्नेछ ।
(३) उपनियम (१) बमोजिम समितिको विघटन गर्नुअघि विघटन गर्नु पर्नाको कारण खोली पैंतीस दिनको म्याद दिई सम्बन्धित समितिस“ग स्पष्टीकरण माग गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम स्पष्टीकरण माग गरिएकोमा समितिले निर्धारित अवधि भित्रै स्पष्टीकरण पेश गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम पेश गरेको स्पष्टीकरण सन्तोषजनक नभएमा परिषद्ले आफ्ना सदस्यमध्येबाट तीन जनाको एक टोली गठन गरी समितिको काम कारबाहीको आवश्यक छानबिन गराउन सक्नेछ ।
(६) उपनियम (५) बमोजिम छानबिन गर्दा उपनियम (१) को अवस्था विद्यमान रहेको र उपनियम (२) बमोजिम दिएको निर्देशनको पालना पनि नगरेको प्रतिवेदन प्राप्त भएमा परिषद्ले त्यस्तो समिति विघटन गर्नेछ ।
(७) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै समितिका दुईतिहाई सदस्यले त्यस्तो समिति विघटन गर्न परिषद्समक्ष कारण खुलाई लिखित अनुरोध गरेमा परिषद्ले आवश्यक छानबिन गरी त्यस्तो समिति विघटन गर्न सक्नेछ ।
(८) उपनियम (६) वा (७) बमोजिम कुनै समिति विघटन भएमा परिषद्ले पुनअर्को समिति गठन गर्न सक्नेछ । त्यसरी गठन हुने समितिको पदावधि परिषद्को बाँकी अवधिको लागि मात्र कायम रहनेछ ।
(९) उपनियम (८) बमोजिम अर्को समिति गठन नभएसम्मका लागि विघटन गरिएको समितिले सम्पादन गर्दै आएको कामकारबाही परिषद् स्वयमंले नै गर्नेछ ।